एजेन्सी । तस्बिरमा देखिएका ब्यक्ति हेर्नुस् त ठ्याक्कै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिन्छन् । उनी एक टेम्पु चालक हुन् । कसैले सामाजिक सञ्जालमा यो तस्बिर सार्वजनिक गरेपछि एकाएक भाइरल भयो । तस्बिरमा देखिएका यि टेम्पु चालक नरेन्द्र मोदी जस्तै देखिएका हुनाले उनलाई धेरैले भारतीय प्रधानमन्त्री मोदीकै भाई भनेर उल्लेख गरे । नरेन्द्र मोदी आफु पदमा भएर पनि पहुँचको फाइदा नउठाएर आफ्नो परिवारलाई कर्म गरेर खान सिकाएको भन्दै मोदीको निकै प्रशंसा समेत भयो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइयो ।

समाचार माध्यममा सो तस्बिर सार्वजनिक गर्दै मोदीको निकै प्रशंसा गरियो । मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर ब्याख्या गरियो । शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरे पछि यसको चर्चा सुरु भएको थियो । ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।’ भन्ने स्टाटस राखेर शर्माले यो तस्बिर पोष्ट गरे ।

त्यस लगत्तै त्यो पोस्ट यति भाइरल बन्यो कि केही समयमै हजारौंले लाइक र सेयर गरे । सो तस्वीर अन्य धेरैले पनि सेयर गरेका छन् । तर, धेरै पछि त्यो तस्वीर मोदीका भाइको नभएको तथ्य पछि पत्ता लागेको छ । यस सम्बन्धी जानकारी सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा प्रकाशित भइसकेको पाइएको छ । उनी अदिलावादस्थित अटो ड्राइभर भएको र उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने समाचार त्यति बेलै सार्वजनिक भइसकेको थियो । समाचार माध्यमहरुमा जनाइए अनुसार, उनको नाम शेख अयुव हो । उनले पहिले आरटीसी बस चलाउथे । त्यसपछि उनले टेम्पो चलाउन थालेका हुन् ।


Your Views
Related News