९ भदौ ,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले बताएको छ। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो।

प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुहुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेको बताए। ‘डा. कोइरालालाई यसका लागि उपयुक्त पात्र ठानी उपकुलपति बन्न आग्रह गरिएको हो’, उनले भने। डा. कोइरालाले आफूले भनेजस्तो हुने भएमात्र यस विषयमा सोच्न सकिने जबाफ दिएको पनि उनले बताए। नागरिक दैनिकमा खबर छ ।


Your Views
Related News