भदौ २५,काठमाडौँ /
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहेका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आएका थिए ।

दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी छन् ।

उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उनको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

यसैबीच नेकपा अध्यक्ष प्रचण्डले सामजिक संजालमार्फत ठुलोबुवाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्;”मेरा ठूलाे बुबा तथा हाम्राे पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ का अध्यक्ष कमरेड नारायण दाहालका बुबा कुलप्रसाद दाहालको निधन भएको खबरले मर्माहत भएकाे छु । दिवंगत बुबाप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”


Your Views
Related News