सुनिल सिंह/शर्मिला राई,धनकुटा । किरात याक्थुङ्ग चुम्लुङ्को ३१ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ठ लिम्बुवान् विद्यार्थीहरुलाई छात्रा वृति प्रदान गरीएको छ । किरात याक्थुङ्ग चुम्लुङ् जिल्ला शाखा धनकुटा र नगर शाखा धनकुटाको संयुक्त आयोजना सञ्चालित कार्यक्रमको वीच विभिन्न विद्यालयका २०७५ सालको एस्ईई परिक्षामा १ नम्बर प्रदेशबाट उत्कृष्ठ अङ्क ल्याई सफल हुनुभएकी त्रिवेणी माध्यमिक विद्यालयकी छात्रा युनिसा सुब्बा लाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

त्यस्तै किरात याक्थुङ्ग चुम्लुङ् ईजरायल कोेषको तर्फ बाट कक्षा १ देखि ८ सम्म अध्यनरत उत्कृष्ट भएका र पुण्य माध्यमिक विद्यालय राजारानी धनकुटाकी उस्मिता चेम्जोङ्गलाई १० हजार नगद तथा प्रमाण पत्रप्रदान गरिएको छ । कार्यक्रममा याक्थुङ्ग कोषको सहयोगमा कक्षा ९ र १० मा अध्यन्रत २÷२ जना उत्कृष्ठ छात्र छात्रालाई २ हजार नगद तथा प्रमाण पत्र प्रदान गरीएको छ ।

छात्रवृत्ति पाउनेमा गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा कक्षा ९ मा अध्यान्रत छात्रा शितल लिम्बु , गोकुण्डेश्वर बाल मन्दिर माध्यमिक विद्यलयका छात्र आयुष लिम्बु , त्रिवेणी माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत प्रेमा लिम्बु , महाकाली माध्यमिक विद्यालय छथर जोरपाटी गाउँपालिका धनकुटाका सुदिप लिम्बु रहनु भएको छ ।

कार्यक्रमकै अवसरमा किरात याक्थुङ्ग चुम्लुङको भवन निर्माण गर्नका लागि सबैभन्दा बढी रकम पच्चीस हजार रुपैया सहयोग गर्नु हुने धनकुटा १ हिलेका श्री ध्वज सोदेम्बालाई पनि सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको छ। किरात याक्थुङ्ग चुम्लुङ् जिल्ला कमिटी धनकुटाका अध्यक्ष कमल सिंह तिगेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ्ग चुम्लुङ्का केन्द्रिय सदस्य हेम कुमार आङ्लाले लिम्बुहरुको भाषा ,संस्कृतिलाई जोगाउन सवै लिम्बुवान्हरु अग्रसर भएर अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रमका विशेष अतिथि प्रदेश सचिवालय सदस्य चन्द्र सिंह नेम्बाङ्ग , किरात याक्थुङ्ग चुम्लुङ् धनकुटा नगर शाखा अध्यक्ष खड्क बहादुर साँवा , किरात याक्थुङ्ग चुम्लुङ्का कोषाध्यक्ष मंङ्गल सिंह लिम्बु लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य किरात याक्थुङ्ग चुम्लुङ् जिल्ला सदस्य टंक तुम्बाहाङ्गले राख्नु भएको कार्यक्रमको सञ्चाल किरात याक्थुङ्ग चुम्लुङ्का जिल्ला सचिव प्रेम तुम्वाहाङ्गले गर्नु भएको थियो ।


Your Views
Related News