धनकुटा । ग्लोवल आईएमई बैंकको १४२ औं शाखा धनकुटा १ हिलेमा आज उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङले दीप प्रज्वलन गर्दै रिवन काटेर बैंकको शाखा उद्घाटन गर्नुभएको हो ।

ग्लोवल आईएमई बैंकबैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख तामाङले बैंकहरुले पूँजीगत लगानीमा जोड दिनुपर्ने र यहाँका व्यापारी व्यवसायीहरुले बैंकले दिने सेवा सुविधाको भरपुर फाईदा लिनुपर्ने वताउनुभयो । साथै उहाँले सो बैंकलाई नगरवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै उद्योग वाणीज्य संघका अध्यक्ष उमेश घिमिरेले बैंकको शाखा धनकुटा जिल्लामा विस्तार गरिएकोमा धन्यवाद दिदै सफलताको शूभकामना व्यक्त गर्नुभयो । बैंकका अध्यक्ष ढकालले यस बैंकले छिटोछरितो कर्जा उपलव्ध गराउने,नेपालभरका सम्पूर्ण शाखाहरु मर्फत कर्जा उपलव्ध हुने, नि:शूल्क ईन्टरनेट बैकीङ सेवा प्रदान गर्ने जानकारी गराउनुभएको थियो ।


Your Views
Related News