धनकुटा । टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री अन्र्तगत नृत्य र गायन प्रतिष्पर्धाको दोश्रो अडिसन शूरु भएको छ । दोश्रो चरणको अडिसनको उद्घाटन १ नं प्रदेश सांषद ईन्द्रमणी पराजुलीले गर्नुभएको हो ।

नेपालेली भाषा संस्कृती कला केन्द्र नेपाल (सिआरसि) का अध्यक्ष मिना राईको अध्यक्षतामा भएको अडिसन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले विभिन्न व्यक्तिमा रहेको प्रतिभा प्रष्फुन गर्नका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्नु आवश्यक रहेको वताउनुभयो ।

उहाँले यस्ता कार्यक्रम गर्ने संघ सस्था तथा समूह सँग प्रदेश सरकार सहकार्य र सहयोग गर्न तयार रहेको समेत वताउनुभयो । अडिसनमा पहिलो चरणमार्फत धनकुटा,भोजपुर, संखुवासभा,तेह्रथुम,सुनसरी,मोरङ,उदयपुर लगायत विभिन्न जिल्लावाट छनौट भएका ८२ जना प्रतिष्पर्धी मध्ये आज ६५ जनाको अडिसन सकिएको छ । ६५ जना मध्ये ३८ जना तेश्रो चरणका लागि आजै छनौट भईसकेकाछन् भने वाँकी १७ जनाको अडिसन भोलि हुने र तेश्रो चरणका लागि छनौटमा परेकाहरुलाई फोन को माध्यमवाट जानकारी गराईने सेन्टरका संयोजक सुमन योगीले वताउननुभयो ।

कार्यक्रममा विशेष अतिथि संविधानसभाका पूर्व सदस्य अञ्जना ताम्लिको रहनुभएको थियो । भने तमोर भ्याली सेकेण्डरी वोर्डिङ स्कूलका प्रिन्सिपल दूर्गा प्रसाद लुईटलले अडिसनको लागि १० हजार आर्थिक सहयोग गर्ने वताउनुभएको छ । अडिसन मार्फत गायन र नृत्य दुवै तर्फ प्रथम स्थान हासिल गर्नेले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने ५ लाख वरावरको जीवन वीमा पनि गर्न पाउने छ । त्यस्तै दोश्रो हुनेले दुईलाख वरावरको जीवन वीमा र आकर्षक गिफ्ट ह्याम्पर पाउने र उत्कृष्ट फाईनलिष्टले म्यूजिक भीडियो खेल्न पाउने आयोजकले जनाएको छ । भाग्यशाली फाईनलिष्टलाई सिंगापुर ट्रिपमा लगिने छ ।


Your Views
Related News