केहि दिन अघि देखि सरकार ढाल्ने उद्देश्य रहेको बताउने ज्ञानेन्द्र शाहीले आफु सरकारविरुद्ध नभएर सरकारको नीतिविरुद्ध रहेको बताएका छन् । सरकारको न्यायनीति, आर्थिक घाटादेखि हरेक व्यवस्था डामाडोल भएको उनको टिप्पणी छ। उनी भन्छन्, ‘सरकार ढाल्न हामी सरकार विरोधी हैन तर सरकारको सिस्टमविरुद्ध हो । सरकारको यस विधिको काम गरेन । विधिमा काम गराउन र सरकारलाई कानुनी दयारामा ल्याउने नेपालको लागि नेपाली गठन भएको हो । र, अर्को देशमा शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ या कर तिर्ने व्यस्था हटाउन पर्छ।’

यस्तो नीतिले देशले बिकासको गति नलिने उनले बताए । उनले देशमा भ्रष्टचारले तिव्र गति लिईरहेको कारण नेपालका लागि नेपालीले पंचायतदेखि अहिलेसम्म भएको भ्रष्टचारको छानबिन गर्ने उनको भनाई छ । उनले अहिलेको सात महिनाको अवधीमा मात्रै नौ अरबको आर्थिक घाटा रहेको उनको गूनासो छ । उनले भ्रष्टचार विरुद्ध प्रत्येक व्यक्ति जाग्नु पर्ने बताए। देशमा प्रत्यक्ष जनताद्वारा चुनिएको व्यक्ति सरकारमा रहनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् । भिडियो हेर्नुहोस


Your Views
Related News